Kathmandu Press

देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्रीमा

काठमाडौं, कात्तिक २२ : काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ।उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार...
देशभर चिसो बढ्यो, जुम्लाको तापक्रम माइनस दुई डिग्रीमा

काठमाडौं, कात्तिक २२ : काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै शनिबार बढी चिसो महसुस गरिएको छ।

उपत्यकासहित देशभर चिसो बढेको हो। मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार शनिबार काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको छ। शुक्रबार काठमाडौंको न्यूनतम तापक्रम १० दशमलव २ डिग्री सेल्सियस थियो। काठमाडौँ उपत्यकामा शनिबार यस वर्ष जाडो शुरु भएदेखिकै सबैभन्दा कम तापक्रम मापन भएको हो।

मौसमविद् प्रतिभा मानन्धरका अनुसार अबको केहीदिन देशभर तापक्रम निरन्तर घट्दै जाने क्रममा रहेको छ। “दिउँसो घाम लागे पनि बिहान र बेलुकी बढी चिसो हुने गरेको छ”, मौसमविद् मानन्धरले भनिन्, “केही दिन तराईमा पातलो कुइरो लाग्ने र पहाडमा लामो समय पानी नपरेकाले तुवाँलोले दृश्यता कमजोर बनाउनेछ।” 

मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार काठमाडौं उपत्यकाको अधिकतम तापक्रम २४ डिग्री सेल्सियस रहनेछ। त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ डिग्रीमा झरेको छ। रासस

प्रकाशित मिति: १८:५० बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्