वरिष्ठ कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार
काठमाडौं, कात्तिक २२ : वरिष्ठ कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ। कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा...
काठमाडौं, कात्तिक २२ : वरिष्ठ कलाकार मनोज गजुरेलको स्वास्थ्यमा सुधार आएको छ।
कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उपचारका लागि बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालको आईसीयूमा भर्ना भएका गजुरेलको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ। गजुरेलले फेसबुकमार्फत आफ्नो स्वास्थ्यमा सुधार भइरहेको बताएका छन्।
‘आराम छु, आरामको कामना गर्दछु। हिजोभन्दा आज धेरै राम्रो भइरहेको छ। स्वास्थ्य लाभको कामना गर्नु हुने सबैमा धन्यवाद,’ गजुरेलले फेसबुकमा लेखेका छन्।
गजुरेलले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सबैलाई धन्यवाद पनि दिएका छन्। गत कात्तिक १० गते उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि भएपछि होम आइसोलेसनमा बसेका गजुरेलमा अक्सिजनको मात्रा कम देखिएपछि बिहीबार सशस्त्र प्रहरी अस्पताल भर्ना गरिएको थियो।
प्रकाशित मिति: १७:२२ बजे, शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











