वीपी प्रतिष्ठानमा उपचाररत ६७ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु
काठमाडौं, कात्तिक २२ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया एक महिलाको मृत्यु भएको छ ।सुनसरीको धरान उपमहानगरपालिका–९...
काठमाडौं, कात्तिक २२ : धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत ६७ वर्षीया एक महिलाको मृत्यु भएको छ ।
सुनसरीको धरान उपमहानगरपालिका–९ घर भएकी उनको उपचारका क्रममा शुक्रबार साँझ ६ बजे मृत्यु भएको हो ।
प्रतिष्ठानको कोभिड अस्पतालमा यही कात्तिक १८ गते भर्ना भएकी ती महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
उनमा डायबिटिज र मानसिक सम्बन्धी समस्या पनि थियो ।
प्रकाशित मिति: १३:४३ बजे, शनिबार, कात्तिक २२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











