Kathmandu Press

फोटो पत्रकार वन्तको ‘परदेशीको पीडा’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, कात्तिक २१ : गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ।...
फोटो पत्रकार वन्तको ‘परदेशीको पीडा’ म्यूजिक भिडियो सार्वजनिक

काठमाडौं, कात्तिक २१ : गीतकार नवराज घिमिरे तथा सिजन इन्टरटेन्मेन्टद्वारा पहिलो पटक निर्माण गरिएको ‘परदेशीको पीडा’ नामक म्यूजिक भिडियो आज सार्वजनिक गरिएको छ। फोटो पत्रकारितामा लामो समयदेखि क्रियाशील प्रदीपराज वन्त अभिनित सो म्यूजिक भिडियोको कलाकार तथा निर्देशक आकाश अधिकारी, वरिष्ठ सौन्दयकर्मी सीता न्यौपाने पाठक र वरिष्ठ कर्पोरेट सेफ कुमार चालिसेलगयातले संयुक्त रुपमा विमोचन गरे।

गायक विनोद दनुवारले स्वर दिएको सो म्यूजिक भिडियोमा फोटो पत्रकार वन्त र मोडल तथा जुम्वा प्रशिक्षक सोनाम केसीको अभिनय रहेको छ। सो भिडियोमा नविनबाबु गुरुङको निर्देशन तथा छायाङकन रहेको छ। सहायक निर्देशन रेजीना तुलाधर र सम्पादन नविन निरौलाको रहेको छ।  

Hardik ivf

राससमा कार्यरत वन्तले लामो समयदेखि आफूलाई व्यावसायिक एवं दक्ष फोटो पत्रकारको रुपमा स्थापित गर्दै मोडलिङमा पनि प्रवेश गरेको बताए। प्रतियोगितात्मक विभिन्न कार्यक्रम श्रृङखला चलाउने वन्त सिजन मिडियाका प्रवन्ध निर्देशक हुन् भने फोटो पत्रकारिताका विभिन्न संस्था स्थापना, उनीहरुको हकहित र अधिकारका लागि क्रियाशील छन्। कलाक्षेत्रमा केही  योगदान गर्न सक्छु भन्ने मान्यताले आफू यस क्षेत्रमा आएको म्यूजिक भिडियोका मोडल वन्तले जानकारी दिए।

‘फोटो पत्रकारिता पनि कलाको एउटा रुप भएको र त्यसैले आफूलाई डो¥याएर यता ल्याएको छ, नेपाली शैलीका गीत र सङ्गीतलाई प्रश्रय दिन चाहन्छु,’ उनले भने। उक्त कार्यक्रममा सिजन मिडियाद्वारा लकडाउनमा आयोजना गरिएको मिसेस नेपाल लकडाउन ट्यालेन्टहन्टका विजेताहरुलाई ताज लगाउनुका साथै पुरस्कार वितरण पनि गरिएको थियो।

प्रकाशित मिति: २३:४५ बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्