Kathmandu Press

ताप्लेजुङ विमानस्थल स्तरोन्नतिको काम चैतसम्ममा सकिने

काठमार्डाैं, कात्तिक २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको अवलोकन गरेका छन्। सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै...
ताप्लेजुङ विमानस्थल स्तरोन्नतिको काम चैतसम्ममा सकिने

काठमार्डाैं, कात्तिक २१ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्तरोन्नतिको काम भइरहेको ताप्लेजुङ सुकेटार विमानस्थलको अवलोकन गरेका छन्। 

सुकेटार विमानस्थलको प्रगतिको अवलोकन गर्दै पर्यटनमन्त्रीले स्तरोन्नतिको गुणस्तरीयतामा ध्यान दिन आग्रह गरे।  प्रदेश १ को राजधानी विराटनगर विमानस्थललाई केन्द्र बनाएर प्रदेशका सबै जिल्लाका विमानस्थलमा नियमित उडान गर्ने तयारी भइरहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रबन्ध निर्देशक राजनकुमार पोखरेलले बताए। 

अहिले ५५ वटा पहाडी क्षेत्रमा विमानस्थल निर्माण भइरहेको र ३२ विमानस्थल कालोपत्रे भइसकेको उनले जानकारी दिए। ताप्लेजुङ सुकेटार विमानस्थलको सात सय मिटर क्षेत्रमा स्तरोन्नति भइरहेको र थप १५० मिटरमा धावनमार्गमा कालोपत्रे गर्न बाँकी रहेको जनाइएको छ। 

कालोपत्रे गर्ने कार्यमा तापक्रम मिलाउनुपर्ने भएकाले आगामी चैत मसान्तसम्म काम सम्पन्न गर्ने कार्ययोजना तयार भएको जनाइएको छ। आर्थिक वर्ष २०७६-७७ मा सुकेटार विमानस्थल स्तरवृद्धिका लागि १६ करोड रूपैयाँ बजेट विनियोजन भएको थियो।

फुङलिङ नगरपालिका-६ मा पर्ने सो विमानस्थल स्तरवृद्धिका लागि बोलपत्र आह्वान गर्दा कृष्ण–बङ्गलामुखी जेभी कन्स्ट्रक्सनले आठ करोड ९९ लाख ५० हजार ३४९ रूपैयाँमा ठेक्का पारेको थियो।

आयोजनाका प्रमुख इञ्जिनीयर हरि अधिकारीका अनुसार अघिल्लो वर्षको असोजदेखि विमानस्थल स्तरवृद्धिको काम सुरु गरिएको हो।
 

प्रकाशित मिति: २१:४० बजे, शुक्रबार, कात्तिक २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्