Kathmandu Press

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढ्यो

काठमाडौं, कात्तिक २१ : सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले बढेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन ९७ हजार २०० मा कारोबार भएको छ।  बिहीबार छापावाल सुन प्रतितोला ९६ हजार २०० मा कारोबार भएको थियो।

यस्तै, तेजाबी सुन बिहीबार ९५ हजार ७०० मा कारोबार भएकोमा शुक्रबार एक हजार बढेर ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको छ। यस्तै, चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला ४५ रुपैयाँले वृद्धि भएको छ।

बिहीबार प्रतितोला एक हजार २१० मा कारोबार भएको चाँदी शुक्रबार भने प्रतितोला एक हजार २५५ रुपैयाँमा कारोबार भएको छ। 

प्रकाशित मिति: २१:०५ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्