बलिउडमा नातावादबारे बोल्दै अभिषेकले भने, 'बुवाले मेरो लागि कहिल्यै फिल्म बनाएन'
काठमाडौं, कात्तिक २१ : बलिउड अभिनेता अभिषेक बच्चनले नातावादको विरोध गरेका छन्। उनले आफू त्यसमा विश्वास नगर्ने बताएका छन्।अभिनेता सिंह राजपूतको निधनपछि बलिउडमा...
काठमाडौं, कात्तिक २१ : बलिउड अभिनेता अभिषेक बच्चनले नातावादको विरोध गरेका छन्। उनले आफू त्यसमा विश्वास नगर्ने बताएका छन्।
अभिनेता सिंह राजपूतको निधनपछि बलिउडमा भइरहेको नाताबारे बहस हुन थालेको छ। नातावादका कारण बाहिरका कलाकारले ठाउँ नपाउने गरेको भन्दै बलिउडको आलोचना हुनथालेको छ।
यसै विषयमा अभिषेक बच्चनले आफ्ना बुवा अमिताभ बच्चनले सहयोग नगरेको बताएका छन्। आफ्नो २० वर्षको फिल्म करियरमा बुबाबाट सहयोग नपाएको उनले खुलाएका छन्।
अभिषेकले न्यूज एजेन्सी आईएएनएससँगको कुराकानीमा भनेका छन्, 'उहाँ (अमिताभ)ले कहिल्यै कसैको फोन समेत उठाएनन्। मेरो लागि एउटा पनि फिल्म बनाएनन्। बरु मैले नै उहाँका लागि पा फिल्म बनाए। यो भन्नुको मतलब हो कि बलिउडमा छोरा भनेर उहाँले कुनै सहयोग गर्नुभएन्।'
उनले यो एक काम भएको बताएका छन्। उनले भनेका छन्, 'यो एक काम हो। यदि पहिलो फिल्ममा राम्रो गर्न सकिएन वा राम्रो छाप परेन भने दोस्रो फिल्ममा काम पाइदैन। यो सच्चाइ हो।'
एउटा फिल्म नल्दा अर्को फिल्ममा काम पाउन मुस्किल हुने गरेको उनले बताएका छन्। यो अवधिमा धेरै वटा फिल्ममा आफ्नो ठाउँमा अरुलाई लिएको उनले खुलाएका छन्। कति फिल्म त अधुरै रहेको उनको भनाइ छ।
उनको नयाँ फिल्म 'लूडो' १२ नोभेम्बरमा रिलिज हुँदै छ। यो नेटफ्लिक्समा रिलिज हुनेछ।
यसको निर्देशन अनुराग बसुले गरेका छन्। यसमा आदित्य राय कपूर राजकुमार राव, पंकज त्रिपाठी, फातिमा सना शेख र सान्या मल्होत्रा पनि रहेका छन्।












