Kathmandu Press

माउन्टेन फ्लाइट गर्न सोलुखुम्बु पुगे भारतीय सेना प्रमुख नरवणे 

काठमाडौं, कात्तिक २१ : नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइट गर्न गएका छन्। उनी नेपाली सेनाको अगुष्टा हेलिकोप्टरमार्फत...
माउन्टेन फ्लाइट गर्न सोलुखुम्बु पुगे भारतीय सेना प्रमुख नरवणे 

काठमाडौं, कात्तिक २१ : नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे माउन्टेन फ्लाइट गर्न गएका छन्। उनी नेपाली सेनाको अगुष्टा हेलिकोप्टरमार्फत बिहान आठ बजे सोलुखुम्बु पुगेका हुन्।

नेपाली सेनाले उनलाई विश्वको सर्वोच्च शिखर सगरमाथा, आमादब्लम लगायतका हिमालको दृष्यावलोकन गराउने भएको छ। 

हिमालको दृष्य अवलोकन गरेर उनी काठमाडौं फर्किने कार्यक्रम छ।

काठमाडौं फर्किएपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेर उनी आजै स्वदेश फर्किंदै छन्।

नेपाली सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न उनी बुधबार नेपाल आएका थिए। बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरेकी थिइन्।

प्रकाशित मिति: १७:१० बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्