Kathmandu Press

१० लाख घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका इञ्जिनीयर जैसवाल पक्राउ

हेटौँडा, कात्तिक २० : १० लाख  घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर  ईश्वरीप्रसाद जैसवाल पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको...
१० लाख घुस लिएको अभियोगमा विद्युत प्राधिकरणका इञ्जिनीयर जैसवाल पक्राउ

हेटौँडा, कात्तिक २० : १० लाख रूपैयाँ घुस लिएको अभियोगमा नेपाल विद्युत् प्राधिकरणका इञ्जिनीयर  ईश्वरीप्रसाद जैसवाल पक्राउ परेका छन्। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाको टोलीले इञ्जिनीयर बिहीबार जैसवाललाई पक्राउ गरेको हो। हेटौँडा–भरतपुर–बर्दघाट  प्रसारण लाइन आयोजनामा कार्यरत नवौँ तहका इञ्जिनीयर जैसवाललाई आयोगको कार्यालयबाट खटिएको प्रहरी नायब उपरीक्षक भीमकिरण बोगटीको नेतृत्वमा टोलीले   बसपार्कमा रहेको एक होटलबाट पक्राउ गरेको हो।

ठेक्का रकम भुक्तानी गर्ने प्रयोजनमा इञ्जिनीयर जैसवालले  १० लाख रुपैयाँ मागेको अभियोग छ। अवैध रकम होटलमा लिने क्रममा उनलाई पक्राउ गरिएको आयोगका कार्यालय प्रमुख बाबुराम खतिवडाले जानकारी दिए। 

प्रकाशित मिति: ००:४१ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्