Kathmandu Press

नवलपुरमा टिपर दुर्घटना, दुई जनाको मृत्यु

नवलपुर, कात्तिक २० : नवलपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको...
नवलपुरमा टिपर दुर्घटना, दुई जनाको मृत्यु
सांकेतिक तस्वीर।

नवलपुर, कात्तिक २० : नवलपुरमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। 

बिहीबार विनयीत्रिवेणी गाउँपालिका–३ भुटुकेडाँडा सल्लाघारीस्थित भित्री सडकखण्डमा होङ्सी सिमेन्ट कम्पनीबाट पाल्पाको ज्यामिरे भुटुकेतर्फ जाँदै गरेको २–०३–००१ क ००७५ नम्बरको  टिपर दुर्घटनामा परेको हो। 

दुर्घटनामा परी टिपर चालक बारा सिमराका ४२ वर्षीय रामहरी थापा र सोही ठाउँका सहचालक ३५ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी विशाल तामाङले जानकारी दिए। 

टिपर भिरबाट करिब तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
 

प्रकाशित मिति: ००:३५ बजे, शुक्रबार, कात्तिक २१, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्