Kathmandu Press

‘दाल भात तरकारी’ मेरो अर्को परीक्षा हो : हरिवंश आचार्य

फिल्म ‘दाल भात तरकारी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र शत्रु गतेको सफलतापछि हास्य कलाकार हरिवंश आचार्यलगायतको टिमले बनाएको दोस्रो फिल्म हो ‘दा....

‘दाल भात तरकारी’ मेरो अर्को परीक्षा हो : हरिवंश आचार्य
फाइल फोटो

फिल्म ‘दाल भात तरकारी’ शुक्रबारबाट प्रदर्शनमा आउँदैछ। चलचित्र शत्रु गतेको सफलतापछि हास्य कलाकार हरिवंश आचार्यलगायतको टिमले बनाएको दोस्रो फिल्म हो ‘दाल भात तरकारी’। 

किरण केसी मुख्य निर्माता रहेको ‘दाल भात तरकारी’मा चर्चित कलाकारहरुले अभिनय गरेकाले झनै चुलिएको छ। फिल्मका गीत हिट भएका छन् भने ट्रेलर दर्शकले उत्तिकै मन पराएका छन्।  कमेडी लोडेड ट्रेलरले दर्शकलाई भरपुर हसाएपनि फिल्म कमेडी जनराको नभएको फिल्मका निर्माता तथा लेखक हरिवंश आर्चायले बताए। प्रदर्शनमा आउन लागेको फिल्मबारे काठमाडौं प्रेसले निर्माता तथा लेखक आचार्यसँग गरेको संक्षिप्त कुराकानीः

‘दाल भात तरकारी’ कुन जनराको फिल्म हो? 

Hardik ivf

यो एउटा फेमली ड्रामा फिल्म हो। यसमा समसामयिक विषयलाई उठाइएको छ। फिल्म भनेको मनोरञ्जनका लागि हो। त्यसैले यसमा केही रमाइला कमेडी सिनहरु पनि छन्। फिल्मको डबिङं र अन्य कामकै क्रममा हामी फिल्म हेरेर खुब हासेका छौं। मलाई लाग्छ काम गर्दा पनि केही रमाइलोपनका साथ काम गर्न पाउदा जोस चल्छ। अर्को कुरा, यो कुनै फिल्म प्रतियोगितामा भाग लिन बनाइएको होइन कि यसले सिरियस र गहन कुरामा मात्रै जोड देओस्।

फिल्मका गीत र टेलरको कस्तो प्रतिक्रिया पाउनु भएको छ? केही नराम्रा प्रतिक्रिया आएका छन् कि!

नराम्रा प्रतिक्रिया त खासै अहिलेसम्म आएका छैनन्। तर, फिल्मको एउटा गीत ‘एन्टिबायोटिक’मा भने केही कमेन्ट आएका छन्।  मलाई लाग्छ यो विषयमा पनि आपत्ति जनाउनु पर्ने केही छैन। पहिले–पहिले रामायण, महाभारतमा पनि त छोटा लुगा लगाएको हामी सबैले टिभीमा देखेकै कुरा हो। फिल्म हेर्नु अघि नराम्रो छ भनेर भन्नु भन्दा पनि फिल्म पुरै हेरेर बल्ल राम्रो नराम्रो के छ प्रतिक्रिया दिँदा राम्रो हुन्छ जस्तो लाग्छ। तर, फिल्म चल्नुअघि गीतका विषयमा गरिएको  कमेन्टलाई चाहिँ जेनून मान्नु पर्छ। 

 गीत हेरेरै कमेन्ट गर्दा फिल्मलाई कतै घाटा त पुर्‍याउँदैन नी?

कमेन्ट त राम्रा नराम्रा दुबै आउनु पर्छ जस्तो लाग्छ। किन भने प्रतिक्रियाले नै कलाकार र निर्माण टिमलाई थप हौसला मिल्छ। गीत हेरेर नराम्रा कमेन्ट गर्दैमा फिल्मलाई केही घाटा पुग्दैन। यसले झनै फिल्मको प्रोमोशनमा फाइदा गर्छ।

आइटम गीतलाई फिल्म चलाउने हतियारका रुपमा प्रयोग गर्नु भएको होइन?

होइन। फिल्मको कुनै सिनमा यसको माग भयो र त्यही अनुसार आइटम गीत राखिएको हो। हामीले हिन्दी फिल्मका आइटम गीत र रामायणमा महिलाहरुले छोटो लुगा लगाएको हेर्न सक्छौं। भलै प्रियंका कार्की फिर्चड आइटम गीत भएपनि त्यस्तो भड्किलो केही छैन।

प्रि-बुकिङमै राम्रो टिकट विक्री भयो भनिएको छ। फिल्म चल्नेमा कत्तिको विश्वस्त हुनुहुन्छ?

प्रि–बुकिङमा राम्रै टिकट विक्री भएको छ। हामीले काठमाडौंका मल्टिप्लेक्समा २४ सो पाएका छौं। र यो फिल्म शत्रु गतेको जतिकै हो। प्राय सबै हलका टिकट बुक भइसकेका छन्। दर्शकको राम्रो साथ पाइरहेका छौं। 

अहिले हलमा लागिरहेको हलिउड फिल्म एभेन्जर्स : एन्ड गेमले ‘दाल भात तरकारी’लाई कत्तिको असर गर्ला?

हलिउड फिल्मको अहिले विश्वभरि नै चर्चा छ। एभेन्जर्सले विश्वर नै तहल्का मच्चाइरहेको छ। त्यही भएर यसले केही असर गर्दैन भन्नु मेरो घमण्ड हुन्छ। तर, दुबै फिल्मसँगै रिलिज भएको भए चाहिँ हामीलाई घाटा हुन्थ्यो। यही फिल्मका कारण हामीले रिलिज डेट एक हप्तापछि सारेका हौं।

हलमा फिल्म जाँदैछ कस्तो लागिरहेको छ?

हेर्नुस् फिल्म रिलिज गर्नु भनेको परीक्षा दिन जानु जस्तै हो। त्यसैले केही डर त हुन्छ नै। डरसँगै आफूले काम गरेको रिजल्ट कस्तो आउला भनेर एक्साइटेड पनि छु।

दाल भात तरकारीले के सन्देश दिन्छ दर्शकलाई?

हाम्रो फिल्मले ‘दाल भात तरकारी’का लागि नै नेपालीहरुले विदेश गएर दुःख गरिरहनु भएको छ। अब विदेश होइन स्वदेशमै बसेर आफ्नै देशमा केही गर्नु पर्छ भन्ने सन्देश दिन यो फिल्मले खोजेको छ।

हरेक मानिसले दुःख गर्ने भनेकै अन्तिममा ‘दाल भात तरकारी’कै लागि हो। जुन आफ्नै देशमा बसेर कमाएर खाएको ‘दाल भात तरकारी’ अझै स्वादिष्ट हुन्छ। योसँगै फिल्म हेर्दा दर्शक फिल्मको बीचमै ‘बोर फिल’ मानेर हलबाट बाहिर निस्किनु पर्दैन। किनभने दर्शक हलसम्म आउने भनेकै मनोरञ्जनका लागि हो जुन यो फिल्मले दिएको छ।

प्रकाशित मिति: २०:०० बजे, बिहीबार, वैशाख १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्