Kathmandu Press

राष्ट्रपतिले दिइन् भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि

काठमाडौं, कात्तिक २० : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्।राष्ट्रपति भवन शितलनिवासमा आयोजित...
राष्ट्रपतिले दिइन् भारतीय सेनाध्यक्ष नरवणेलाई मानार्थ महारथीको उपाधि

काठमाडौं, कात्तिक २० : भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणेलाई  राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको उपाधि प्रदान गरेकी छन्।

राष्ट्रपति भवन शितलनिवासमा आयोजित कार्यक्रममा नरवणेलाई मानार्थ महारथीको उपाधि प्रदान गरिएको हो।

नेपाली सेना र भारतीय सेनाबीच एक–अर्का देशका सैनिक प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्पराअनुुरुप नरवणे नेपाली सेनाको मानार्थ महारथी ग्रहण गर्न बुधबार नेपाल आएका हुन्।

नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने भारतीय स्थलसेनाध्यक्ष जनरल नरवणे १८औँ सेनापति भएका छन्।

प्रकाशित मिति: २२:५२ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्