Kathmandu Press

आन्तरिक पर्यटकले रसुवामा चहलपहल, व्यवसायी उत्साहित

भक्तपुर, कात्तिक २० : कोभिड–१९ का कारण आठ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसायले फेरि गति लिन थालेको छ।लामो समयदेखि सुनसान रहेको रसुवामा...
आन्तरिक पर्यटकले रसुवामा चहलपहल, व्यवसायी उत्साहित

भक्तपुर, कात्तिक २० : कोभिड–१९ का कारण आठ महिनादेखि ठप्प रहेको रसुवाको पर्यटन व्यवसायले फेरि गति लिन थालेको छ।

लामो समयदेखि सुनसान रहेको रसुवामा आन्तरिक पर्यटकको चहलपहल बाक्लो रुपमा देखिएको व्यवसायीहरु बताउँछन्। गत चैत ११ गतेदेखि सुरु भएको लकडाउन र निषेधाज्ञापछि आन्तरिक तथा बाह्य पर्यटक आवागमन शून्य रहेको रसुवामा दशैंपछि घुम्न आउने आन्तरिक पर्यटकको संख्या बृद्धिले होटल तथा पर्यटन व्यवसायीहरु उत्साहित बनेका हुन्।

कोरोना महामारीका कारण ठप्प रहेको होटल तथा पर्यटन व्यवसायलाई केही दिनदेखि घुम्न आउने आन्तरिक पर्यटकको संख्याले व्यवसायीहरुलाई उत्साहित बनाएको होटल तथा पर्यटन व्यवसायी संघ, रसुवाका अध्यक्ष निशान गजुरेलले बताए।

No description available.

‘लामो समयदेखि व्यवसाय ठप्प हुँदा व्यवसायीमा निराशा उत्पन्न भएको थियो। अहिले विस्तारै पर्यटकको आगमन बढ्ँदा व्यवसायी उत्साहित भएका छन्,’ अध्यक्ष गजुरेलले भने ‘अहिले दैनिक ६० देखि ८० जनासम्म आन्तरिक पर्यटक र तीनदेखि चार जनासम्म विदेशी पर्यटकहरु होटलमा बास बस्न आउने गरेका छन्।’

विशेषगरी धार्मिक तथा पर्यटकीय गन्तव्य लाङटाङ, गोसाइँकुण्ड, तामाङ सम्पदा मार्ग, रसुवागढी, नागथलीलगायतका क्षेत्र हेर्न पर्यटक रसुवामा जाने गरेका छन्।

 

प्रकाशित मिति: १६:५२ बजे, बिहीबार, कात्तिक २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्