Kathmandu Press

नवलपुरमा प्रभु बैंकको नयाँ शाखा स्थापना

नवलपुर, कात्तिक १९ : प्रभु बैंक लिमिटेडले आफ्नो २११ औं शाखा सञ्चालनमा ल्याएको छ। बुधबार बैंकले नवलपुर (नवलपरासी पूर्व) को देवचुली नगरपालिका– १५ स्थित प्रगतिनगरमा...
नवलपुरमा प्रभु बैंकको नयाँ शाखा स्थापना

नवलपुर, कात्तिक १९ : प्रभु बैंक लिमिटेडले आफ्नो २११ औं शाखा सञ्चालनमा ल्याएको छ। 

बुधबार बैंकले नवलपुर (नवलपरासी पूर्व) को देवचुली नगरपालिका– १५ स्थित प्रगतिनगरमा आफ्नो नयाँ शाखा सञ्चालनमा ल्याएको हो।

प्रभु बैंकको प्रगतिनगर शाखाबाट प्रवाह गरिने बैंकिङ्ग सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीले प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गरी लाभ लिन सक्ने बैंकको विश्वास छ।

प्रभु बैंकले २११ वटा शाखा कार्यालय, १९५ वटा एटिएम, ५६ वटा एक्स्टेन्सन काउण्टर तथा १७ वटा शाखारहित बैंकिङ्ग सेवामार्फत अत्याधुनिक प्रविधियुक्त गुणस्तरीय बैंकिङ्ग सेवा प्रवाह गर्दै आएको छ।

प्रकाशित मिति: ००:३६ बजे, बिहीबार, कात्तिक २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्