Kathmandu Press

दाङमा यस वर्ष मकै उत्पादनमा वृद्धि

तुलसीपुर, कात्तिक १९ : दाङमा यस वर्ष मकैको उत्पादन बढेको छ। मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन...
दाङमा यस वर्ष मकै उत्पादनमा वृद्धि

तुलसीपुर, कात्तिक १९ : दाङमा यस वर्ष मकैको उत्पादन बढेको छ। मकै खेतीका लागि समयमै पानी पर्नाका साथै मल बीउ प्रर्याप्त भएकाले उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको हो। 

कोरोना रोकथाम तथा न्यूनिकरणका लागि गरिएको लकडाउनले गर्दा सबै कृषक घरमै भएकाले पनि उत्पादनमा बृद्धि भएको केन्द्रका कृषि अर्थविज्ञ उमेश चन्द्र श्रेष्ठले बताए। यस वर्ष लकडाउन पनि भयो, सबै किसान घरमै भए, बाहिर कमाउन गएकाहरू पनि घर फर्केकाले र जग्गा पनि बाँझो रहने अबस्था  नभएकाले मकै उत्पादनमा वृद्धि भएको हो। 

यस वर्ष कूल २३ हजार ४४८ हेक्टर जमिनमा मकै खेती गरिएकामा ३५ हजार ६५६ मेट्रिकटन मकै उत्पादन भएको छ। गत वर्ष ३५ हजार ४१० मेट्रिकटन मकै उत्पादन भएको थियो। गत वर्षको तुलनामा यस वर्ष २४६ मेट्रिकटन बढी मकै उत्पादन भएको अर्थविज्ञ श्रेष्ठले बताए। 
 
मकैको उत्पादन बढेकाले किसानहरू पनि खुशी भएका छन्। गढवा गाउँपालिका-७ मोतिपुरका चोकनाथ चौधरीले गत वर्षकोभन्दा यस वर्ष मकैबाली राम्रो भएको बताए। चौधरीले एक बिघा जमिनमा मकै खेती गरेका थिए।

गत वैशाख महिनामा बसन्ते मकै र त्यसअघि  वर्षे मकैको उत्पादन वृद्धि भएको उनको भनाइ छ। सोही ठाउँका रामबहादुर चौधरीको पनि यस वर्ष मकै उत्पादन बढेको छ। उनको वैशाखमा बसन्ते मकै ३० क्वीन्टल र वर्षे मकै २५ क्वीन्टल उत्पादन भएको थियो। रासस
 

प्रकाशित मिति: २३:१४ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्