Kathmandu Press

पूर्वसभामुख महराकी पत्नीको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त

काठमाडौं, कात्तिक १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेको छ। बुधबार विज्ञप्ति जारी...
पूर्वसभामुख महराकी पत्नीको निधनप्रति कांग्रेसद्वारा दु:ख व्यक्त
कांग्रेस संसदीय दलको कार्यालय।

काठमाडौं, कात्तिक १९ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पूर्वसभामुख एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी धर्मपत्नी सीताको निधनप्रति दु:ख व्यक्त गरेको छ। 

बुधबार विज्ञप्ति जारी गरी कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले महराकी धर्मपत्नी सीताको असमायिक निधनको खबरले कांग्रेसलाई मर्माहत र दुःखी तुल्याएको बताएका छन्।

कांग्रेसले सीताको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै मृत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ। 

‘शोकको यस घडीमा माननीय कृष्णबहादुर महरासहित शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति नेपाली कांग्रेस संसदीय दल हार्दिक समवेदना प्रकट गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
 

प्रकाशित मिति: २२:०२ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्