Kathmandu Press

पाँचथरमा थपिए १४ जना कोरोना संक्रमित

फिदिम, कात्तिक १९ : पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्। स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्याक्ट ट्रेसिङमा परेका...
पाँचथरमा थपिए १४ जना कोरोना संक्रमित
सांकेतिक तस्वीर।

फिदिम, कात्तिक १९ : पाँचथरको फिदिममा कोरोना भाइरसका १४ जना संक्रमित थपिएका छन्। 

स्वास्थ्य कार्यालय पाँचथरका स्वास्थ्य शिक्षा प्रशिक्षक तेजबहादुर तुम्बापोका कन्ट्याक्ट ट्रेसिङमा परेका तथा अन्य गरी फिदिमकै १४ जनामा सङ्क्रमण देखिएको हो।

फिदिमका ४१ जनाको स्वाब संकलन गरी परीक्षणका लागि प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला मोरङ पठाइएकामा पाँच जना महिलासहित १४ जनाको रिपोर्ट पोजेटिभ आएको हो। जसमा तीन जना बन्दीसमेत रहेका छन्।

बुधबार आएको रिपोर्टमा पाँचथर उद्योग वाणिज्य संघका अध्यक्ष दीपक नेपाल, महासचिव नवराज घिमिरेसहित स्थानीय व्यवसायीमा संक्रमण देखिएको हो। 

पछिल्लो पटक फिदिमस्थित आइसोलेसनमा रहेका तीन जना र फाल्गुनन्द गाउँपालिकामा होम आइसोलेसनमा रहेका एक जना गरी चार जनाले कोरोना जितेका छन्। पछिल्लो संख्यासँगै पाँचथरमा सक्रिय स‌ंक्रमितको संख्या २४ पुगेको छ।

प्रकाशित मिति: २१:३४ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्