महरा पत्नीको निधनबाट सभामुख सापकोटा मर्माहत
काठमाडौं, कात्तिक १९ : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीता महराको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।बुधबार...
काठमाडौं, कात्तिक १९ : सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महाराकी पत्नी सीता महराको निधनको खबरले आफू मर्माहत भएको बताएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै उनले स्वर्गीय महराप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन्।
“स्वास्थ्यमा समस्या देखिएपछि काठमाडौँको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको आफूले जानकारी पाएको थिएँ, स्वास्थ्यलाभ गरेर फर्कनुहुने विश्वास थियो। तर, आज बिहान दुःखद् निधन भएको खबरले स्तब्ध बनाएको छ,” उनले भनेका छन्।
महरापत्नीको बुधबार बिहान उपचारका क्रममा नर्भिक अस्पतालमा निधन भएको थियो।
प्रकाशित मिति: २१:०६ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











