Kathmandu Press

७२ कलाकारले एक सय घन्टा अनलाइन 'रिले डेमोन्स्ट्रेसन' गर्दै

काठमाडौं, कात्तिक १९ : अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले अनलाइनमार्फत ऐतिहासिक कार्यक्रम अनलाइन ‘रिले डेमोन्स्ट्रेसन’ आयोजना गर्न लागेको छ।यसमा ७२ कलाकारको सहभागिता रहने भएको...
७२ कलाकारले एक सय घन्टा अनलाइन 'रिले डेमोन्स्ट्रेसन' गर्दै

काठमाडौं, कात्तिक १९ : अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले अनलाइनमार्फत ऐतिहासिक कार्यक्रम अनलाइन ‘रिले डेमोन्स्ट्रेसन’ आयोजना गर्न लागेको छ।

यसमा ७२ कलाकारको सहभागिता रहने भएको छ। उनीहरुले एक सय घन्टा लगातार डेमोन्स्ट्रेसन गर्ने भएका छन्।

Hardik ivf

यो कार्यक्रम चार दिन चार रातसम्म निरन्तर रुपमा चल्ने समाजका अध्यक्ष एनबी गुरुङले बताए। यो ऐतिहासिक र नयाँ थालनी भएको उनको भनाइ छ। ‘यो कार्यक्रम विश्व कला सन्दर्भमा पनि नयाँ र ऐतिहासिक रुपमा दर्ता हुनेछ,’ अध्यक्ष गुरुङले भने।

कार्यक्रमलाई विश्वमै लामो रिले डेमोन्स्ट्रेसनको रुपमा समेत पहल गरिने आयोजकले जनाएको छ। जसले नेपाली कलाकारलाई विश्व सामु चिनाउने र नेपाली कलालाई विश्व परिचय गराउने विश्वास आयोजकले राखेको छ।

यहि कात्तिक २३, २४, २५ र २६ गते हुने डेमोन्स्ट्रेसन कार्यक्रममा बनेका कलाकृतिलाई प्रर्दशनीमा पनि राखिने भएको छ। त्यस्तै, सहभागी कलाकारको पुस्तक र भिडियो पनि प्रर्दशन गरिने अध्यक्ष गुरुङले बताए।

यसअघि पनि विभिन्न कार्यक्रम गर्दै आएको अन्तर्राष्ट्रिय जलरंग समाज नेपालले आफ्नो काममा पृथकता ल्याउन लागेको जनाएको छ।

 

प्रकाशित मिति: १९:५० बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्