Kathmandu Press

ओली र प्रचण्डद्वारा महरापत्नीको निधनमा शोक व्यक्त

काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर...
ओली र प्रचण्डद्वारा महरापत्नीको निधनमा शोक व्यक्त

काठमाडौं, कात्तिक १९ : प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्प कमल दाहल प्रचण्डले पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सीताको निधनमा दुःख व्यक्त गरेका छन्। 

आज बिहान ट्वीट गर्दै प्रधानमन्त्रीले  दिवङ्गत सीताप्रति श्रद्धाञ्जली अर्पणका साथ प्रतिनिधिसभाका सदस्य महरासहित शोकाकूल परिवारजनमा  समवेदना व्यक्त गरेका हुन्।

त्यस्तै, अध्यक्ष दाहालले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोककूल परिवार तथा आफन्तजनमा समवेदना प्रकट गरेका छन्। 

महरा लामो समयदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। उनको उपचारको क्रममा आज बिहान थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो।

प्रकाशित मिति: १८:३० बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्