Kathmandu Press

करिनाले सेयर गरिन सैफको भूत पुलिसको पहिलो पोस्टर

काठमाडौं, कात्तिक १९ : बलिउड अभिनेत्री करिना कपूरले सैफ अली खान अभिनित फिल्म भूत पुलिसको पहिलो पोस्टर सार्वजनिक गरेकी छन्।यतिवेला सैफ फिल्म छायांकनका...
करिनाले सेयर गरिन सैफको भूत पुलिसको पहिलो पोस्टर

काठमाडौं, कात्तिक १९ : बलिउड अभिनेत्री करिना कपूरले सैफ अली खान अभिनित फिल्म भूत पुलिसको पहिलो पोस्टर सार्वजनिक गरेकी छन्।

यतिवेला सैफ फिल्म छायांकनका क्रममा हिमाचलमा छन्। यो फिल्ममा सैफसँगै अर्जुन कपूर, जैकलिन फर्नाडिस, जावेद जाफरी र यामी गौतम मूख्य भूमिकामा छन्।

छायांकनकै क्रममा रहेको फिल्मको पहिलो पोस्टर करिनाले इन्स्टाग्राममा सेयर गरेकी हुन्। पोस्टमा भूत बंगाला र एम्बुलेन्स देखिएको छ।

फिल्मको पोस्ट सेयर गर्दै करिनाले शुभकामना दिएकी छन्। लकडाउनपछि दैनिकी सामान्य बन्न लागेको करिनाले संकेत गरेकी छन्।

 

प्रकाशित मिति: १८:१० बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्