Kathmandu Press

भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

काठमाडौं, कात्तिक १९ : भारतीय रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक अर्नब गोस्वामीलाई  प्रहरीले पक्राउ गरेको छ। मुम्बई प्रहरीले उनलाई बुधबार आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ...
भारतीय पत्रकार अर्नब गोस्वामी पक्राउ

काठमाडौं, कात्तिक १९ : भारतीय रिपब्लिकन टेलिभिजनका प्रधान सम्पादक अर्नब गोस्वामीलाई  प्रहरीले पक्राउ गरेको छ। मुम्बई प्रहरीले उनलाई बुधबार आत्महत्या दुरुत्साहनको मुद्दामा पक्राउ गरेको हो।

प्रहरीले उनलाई घरैबाट पक्राउ गरेको हो। रिपब्लिकन टेलिभिजनका अनुसार प्रहरीले उनलाई हातपात गर्नुका साथै घिसारेर लगेको र उनका सासु, ससुरा, छोरा र श्रीमतीमाथि पनि प्रहरीले हातपात गरेको आरोप लगाएको छ। 

गोस्वामीमाथि सन् २०१८ मा  एक इन्टेरियर डिजाइनर र उनकी आमामाथि आत्महत्यामा दुरुत्साहन गरेको आरोप छ। यो मुद्दा यसअघि बन्द गरिएको भए पनि महाराष्ट्र प्रहरीले यो मुद्दामा पुनः अनुसन्धान गर्न निर्देशन दिएको थियो।

प्रकाशित मिति: १७:३५ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्