Kathmandu Press

गण्डकी प्रदेश सभा सदस्य केसीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ : गण्डकी प्रदेशका प्रदेश सभा सदस्य  विनोद केसीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षण...
गण्डकी प्रदेश सभा सदस्य केसीलाई कोरोना संक्रमण

पोखरा, कात्तिक १९ : गण्डकी प्रदेशका प्रदेश सभा सदस्य  विनोद केसीलाई कोरोना भाइरसको संक्रमण देखिएको छ।

रुघाखोकी र ज्वरोसहित कोरोनाको लक्षण देखिएपछि पिसीआर परीक्षण गरिएको थियो। मंगलबार साँझ आएको रिपोर्टमा कोेरोना संक्रमण पुष्टि भएको प्रदेश सभा सदस्य केसीले बताए।

त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) म्याग्दीका सचिव हरिकृष्ण श्रेष्ठलाई पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ। कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिको कन्ट्याक्ट ट्रेसिङमा परेका श्रेष्ठले आफूसहित आफ्नो परिवारका पाँच जनामा कोरोना सङ्क्रमण देखिएको बताए।

म्याग्दी निर्वाचन क्षेत्र (क)बाट निर्वाचित प्रदेश सभा सदस्य केसी र नेकपा सचिव श्रेष्ठले सामाजिक सञ्जाल फेसबुकमार्फत आफूहरु कोरोना सङ्क्रमित भएको जानकारी दिँदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सजगता र सतर्कता अपनाउन अनुरोध गरेका छन्। केसी र श्रेष्ठसहित म्याग्दीमा थप १४ जनामा कोरोना पुष्टि भएको छ।

सबै जना कन्ट्याक्ट ट्रेसिङका क्रममा पहिचान भएको स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्सालले बताए। म्याग्दीमा हालसम्म जिल्लाबाटै स्वाब सङ्कलन गरी पठाएकोमध्ये १०८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १७:०५ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्