Kathmandu Press

रौतहटका एसपीलाई कारोना भाइरसको संक्रमण

रौतहट, कात्तिक १९ : जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।केही दिनदेखि रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पीसीआर परीक्षण...
रौतहटका एसपीलाई कारोना भाइरसको संक्रमण

रौतहट, कात्तिक १९ : जिल्ला प्रहरी कार्यालय, रौतहटका एसपी सिद्विबिक्रम शाहलाई कोरोना भाइरसको संक्रमण भएको छ।

केही दिनदेखि रुघाखोकीसँगै ज्वरो आउन थालेपछि पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको एसपी शाहले बताए। कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि उनी होम आईसोलेसनमा बसेका छन्।

एसपी शाहको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनले अन्य कुनै गाह्रो नभएको बताए।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार रौतहटमा अहिलेसम्म कोरोना संक्रमणबाट १० जनाको मृत्यु भइसकेको छ।
 

प्रकाशित मिति: १६:४८ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्