जुवाको खालबाट व्यापारीसहित ६ जना पक्राउ

सर्लाही, कात्तिक १९ : सर्लाहीको बरथवाबाट जुवा खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्।
बरथवा नगरपालिका–६ का शम्भु सिंहको घरमा जुवा खेल भइरहेको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले ६ जनालाई पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटका घरधनि सिंह पनि पक्राउ परेका छन्।
गोरुको व्यापारी गर्दै आएका सिंह, बरथवा नगरपालिका–६ का रामप्रमोद महतो, बरथवा नगरपालिका–५ का महमदहसन कवारी, बरथवा नगरपालिका–७ का गोविन्द साह (दिनेश), रामानन्द दास र बरथवा नगरपालिका–१६ का मनोज राय पक्राउ परेका हुन्।
जुवाको खालबाट पक्राउ परेका उनीहरुको साथबाट ६० हजार ९९५ नेपाली र भारु पाँच हजार दुई सय रुपैयाँ बरामद भएको प्रहरी नायब उपरीक्षक भाटले बताए। सबैलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६:१५ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











