Kathmandu Press

एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ

काठमाडौं, कात्तिक १८ : एक करोड रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरिएको...
एक करोड रुपैयाँसहित तीन हुण्डी कारोबारी पक्राउ
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक १८ : एक करोड रुपैयाँसहित तीन जना हुण्डी कारोबारीलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं महानगरपालिका-२३ ओमबहालस्थित गोल्डेन लिफ होटलबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ गरिएकाहरुलाई थप कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले जनाएको छ। 

पक्राउ पर्नेमा झापा दमक घर भई काठमाडौँको ताहाचल बस्ने ३१ वर्षीय विकास मित्तल, सोही ठाउँका कमल मित्तल र पर्वत कुश्मा घर भई काठमाडौं बस्ने ३२ वर्षीयका गणेश पौडेल रहेका छन्। अवैध हुण्डी कारोबारीको गिरोह होटलमा गोप्यरुपमा बसेको सूचनाको आधारमा खोजी गर्दै जाँदा उनीहरु पक्राउ परेका हुन्। 

उनीहरुको साथबाट ९९ लाख ८४ हजार र ९०० अमेरिकी डलर बरामद गरिएको व्यूरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

सोमबार साँझ पक्राउ परेका उनीहरुलाई थप कारवाहीका लागि  राजस्व अनुसन्धान विभाग ललितपुर पठाइएको छ।  

प्रकाशित मिति: ०१:१३ बजे, बुधबार, कात्तिक १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्