आवास पुनर्निर्माणका लागि नेपाललाई भारतद्वारा एक अर्ब अनुदान सहयोग
काठमाडौं, कात्तिक १८ : भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ। नेपालका लागि भारतका राजदूत...
काठमाडौं, कात्तिक १८ : भारत सरकारले गोरखा र नुवाकोटमा आवास पुनःनिर्माण परियोजना कार्यान्वयनका लागि एक अर्ब रुपैयाँ अनुदान सहयोग गरेको छ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले अर्थमन्त्री विष्णु पौडेललाई अनुदानस्वरुप भारतले उपलब्ध गराएको रकमको चेक मंगलबार अर्थ मन्त्रालयमा हस्तान्तरण गरेका हुन्। नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै पारस्परिक हितका विषयमा विचारविमर्श भएको भारतीय राजदूतावासले बताएको छ।
आपसी समृद्धि र प्रगतिका लागि दुई देशबीचको द्विपक्षीय आर्थिक र विकास साझेदारीलाई अझ सुदृढ तुल्याउन मन्त्री पौडेल र राजदूत क्वात्राबीच सकारात्मक छलफल भएको दूतावासले जनाएको छ।
प्रकाशित मिति: ०१:०३ बजे, बुधबार, कात्तिक १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











