Kathmandu Press

एन्टिवडी परीक्षणका सातै प्रदेशमा नमूना स‌कंलन  

काठमाडौं, कात्तिक १८ : समुदास्तरमा कोरोना भाइरसको संक्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना संकलन गरेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग...
एन्टिवडी परीक्षणका सातै प्रदेशमा नमूना स‌कंलन  
सांकेतिक तस्वीर।

काठमाडौं, कात्तिक १८ : समुदास्तरमा कोरोना भाइरसको संक्रमण फैलिएकोबारे एन्टिवडी परीक्षणका लागि नमूना संकलन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले विश्व स्वास्थ्य सङ्गठनका सहयोगमा सातवटै प्रदेशमा नमूना सङ्कलन गरेको हो। 

महाशाखाका निर्देशक डा वासुदेव पाण्डेले सङ्कलन गरिएको रगतको नमूना  राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने बताए।  “सातवटै प्रदेशमा विभिन्न समुदाय र समूहका मानिसको नमूना सङ्कलन गरिएको छ”, उनले भने, “अब चाँडै नै परीक्षण गरेर संक्रमणको अवस्था पत्ता लगाइने छ।” 

उनले परीक्षणका लागि चाहिने रिएजेन्ट आउने ढिलाइ भएकाले परीक्षण अर्को हप्ता मात्र गरिने बताए। परीक्षण गरेको एक हप्तामा नै नतिजा आउने उनको भनाइ छ। सरकारले कोभिड-१९ को सङ्क्रमण समुदायस्तरमा फैलिएको छ वा छैन भन्नका लागि अवस्थाबारे एन्टिवडी परीक्षण गरेर ‘सेरो प्रिभिलेन्स’ सर्वेक्षण गर्न थालेको हो। 
   
नेपाल अहिले संक्रमणको दोस्रो चरणमा रहेको मानिएको छ। नमूना परीक्षण गरेपछि नेपालमा कुन तहमा सङ्क्रमण फैलिएको भन्ने पत्ता लाग्नेछ।  सङ्क्रमित भएको व्यक्तिबाट अर्को व्यक्तिमा सङ्क्रमण सर्नुलाई दोस्रो चरण मानिन्छ । सङ्क्रमणको तेस्रो चरण भनेको समुदायमा सङ्क्रमण फैलिएको भन्ने हुन्छ । नेपालमा कुनै खासखास ठाउँमा सङ्क्रमण फैलिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। 

नेपालमा पहिलो पटक गत माघ १० गते नेपालमा पहिलो सङ्क्रमण देखिएको थियो।  नेपालमा अहिलेसम्म एक लाख ७६ हजार ५०० सङ्क्रमित फेला परिसकेका छन्। महाशाखाले एन्टिवडी परीक्षणका लागि प्रत्येक प्रदेशमा ६ समूह परिचालन गरेको छ।

महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले प्रत्येक प्रदेशका ३० वटामा रहेका मानिसको रगतको  नमूना सङ्कलन गरिएको बताए। उनका अनुसार एक वडामा १५ जनाको दरले नमूना सङ्कलन गरिएको छ।  

प्रत्येक प्रदेशमा ४५० जनाको दरले तीन हजार १७० जनाको नमूना सकलन गरिएको छ। नमूना सङ्कलन गरिएकामा बच्चा, वृद्धा, महिला, युवालगायत विभिन्न उमेर समूह र समूहका ट्राभल हिस्ट्री भएका र नभएका मानिस तथा सङ्क्रमित भएका र नभएका रहेका छन्। रासस

प्रकाशित मिति: ००:०६ बजे, बुधबार, कात्तिक १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्