Kathmandu Press

केसीको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म...
केसीको निधनको शोकमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने
कांग्रेस पार्टी कार्यालय।

काठमाडौं, कात्तिक १८ : नेपाली कांग्रेसले पार्टीका आमन्त्रित केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य सूर्यबहादुर केसीको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने भएको छ।
 
कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको आकस्मिक बैठकले सांसद केसीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै विभिन्न शोक प्रस्ताव पारित गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए। सांसद एवं प्रतिष्ठित उद्योगपति केसीको कात्तिक १७ गते राति पोखरा महानगरपालिका–७ स्थित आफ्नै निवासमा निधन भएको हो।
 
बैठकले कार्तिक १८, १९ र २० गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा पार्टीको झण्डा आधा झुकाउने, कात्तिक १९ गते केन्द्र तथा जिल्लाका सबै कार्यालयहरु बन्द गर्ने र स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोकपुस्तिका राख्ने निर्णय गरेको छ।
 
बैठकले उनको आत्माको चीर शान्तिको कामनाका गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ। केसीले नेपालको उद्योग वाणिज्य तथा सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका थिए। पिता कीर्तिबहादुर र माता पदमकुमारीको ज्येष्ठ सुपुत्रको रुपमा २०१४ जेठ १० गते जन्मनु भएका केसी २०७४ को निर्वाचनमा समानुपातिक प्रणालीअन्तर्गत कांग्रेसका तर्फबाट प्रनिनिधिसभा सदस्य भएका थिए।
 

प्रकाशित मिति: २३:५४ बजे, मंगलबार, कात्तिक १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्