नेप्सेमा सामान्य सुधार

काठमाडौं, कात्तिक १८ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सामान्य बिन्दुले उकालो लागेको छ।
आइतबार र सोमबार ओरालो लागेको नेप्सेमा मंगलबार भने ५.४० बिन्दुले सुधार आई एक हजार ६४३।०३ मा पुगेको छ। यस्तै, सेन्सेटिभ परिसूचक आज १.१४ बिन्दुले उकालो लागेर ३२६.६० मा पुगेको छ। कूल १९८ कम्पनीको ७७ लाख ५७ हजार ३५३ कित्ता शेयर दुई अर्ब २३ करोड ७९ लाख ६४ हजार ५७२ मूल्यमा खरिद बिक्री भए।
मंगलबार कारोबार भएका कूल १२ उपसमूहमध्ये दुई उपसमूहको शेयर ओरालो लाग्दा १० उपसमूहको शेयर भने उकालो लागेको छ। बैंकिङ २.१७ र विकास बैंक १६.२१ ले ओरालो लाग्दा व्यापार ५५.९२, होटल १.९६, जलविद्युत् ७.१४, वित्त ५.४, निर्जीवन बीमा १७६.८६, उत्पादन ५.९५, अन्य १४.८, लघुवित्त ६.८३, जीवन बीमा १४ र सामूहिक लगानी कोष ०.२७ बिन्दुले उकालो लागेको छ।
कारोबारका आधारमा मंगलबार नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको १० करोड तीन लाख २१ हजार ५३२ बराबरको कारोबार भयो। यस्तै, एनआइसी एशिया बैंक आठ करोड ३४ लाख ४८ हजार ९६७, प्राइम बैंक आठ करोड चार लाख ४९ हजार, एचआइडिसीएल ६ करोड ३७ लाख ८९२, शिवश्री हाइड्रोपावर पाँच करोड ९७ लाख ६९ हजार ८९४, डिप्रोक्स लघुवित्त पाँच करोड १० लाख २७ हजार २०० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे।
कारोबारका आधारमा मंगलबार विशाल बजार कम्पनी ९.९६, सुमिट लघुवित्त ९.९२, पाँचथर पावर कम्पनी ९.७३, शिवश्री हाइड्रोपावर ९.४३ र राष्ट्रिय बीमा कम्पनीका शेयरधनीले ७.८६ प्रतिशतले कमाए। त्यस्तै, महालक्ष्मी विकास बैंक २.५५, दिव्यश्वरी हाइड्रोपावर २.५२, युनियन हाइड्रोपावर २.४४, जोशी हाइड्रोपावर २.३४ र अरुण भ्याली हाइड्रोपावरका लगानीकर्ताले २.३३ प्रतिशतले गुमाए।










-1754206481.jpg)
