Kathmandu Press

सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो

काठमाडौं, कात्तिक १८ : सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो।छापावाला...
सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढ्यो
फाइल तस्वीर।

काठमाडौं, कात्तिक १८ : सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले बढेको हो।

छापावाला सुनको मूल्य प्रतितोला ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला ९५ हजार र तेजाबी सुन प्रतितोला  ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ। चाँदीको मूल्य प्रतितोला  पाँच रुपैयाँले बढेर एक हजार २१० रुपैयाँमा कारोबार भइरहेको छ।
 

प्रकाशित मिति: २१:३४ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्