Kathmandu Press

अमिताभ बच्चन र केबीसी निर्माताविरुद्ध एफआईआर

मुम्बई, कात्तिक १८ : बलिउड अभिनेता अमिताभ बच्चन र 'काैन बनेका करोडपति' (केबीसी) निर्माताविरुद्ध एफआईआर दर्ता गरिएको छ।मनुस्मृतिसँग जोडिएको एक प्रश्नमा हिन्दूधर्ममाथि आहात...
अमिताभ बच्चन र केबीसी निर्माताविरुद्ध एफआईआर

मुम्बई, कात्तिक १८ : बलिउड अभिनेता अमिताभ बच्चन र 'काैन बनेका करोडपति' (केबीसी) निर्माताविरुद्ध एफआईआर दर्ता गरिएको छ।

मनुस्मृतिसँग जोडिएको एक प्रश्नमा हिन्दूधर्ममाथि आहात पुगेको जनाउँदै अमिताभविरुद्ध लखनउ प्रहरीमा एफआईआर दर्ता गरिएको हो।  उनलाई हिन्दूधर्मालम्बीको भावनामाथि चोट पुर्याएको आरोप लागेको छ।

केबीसीको एक एपिसोडमा सामाजिक अभियन्ता बेजवाडा विल्सन र अभिनेता अनूप सोनी सहभागी थिए। ६ लाख ४० हजार रुपैयाँका लागि सोधिएको प्रश्न थियो, २५ डिसेम्बर, १९२७ मा डा. अम्बेडकर र उनका समर्थकले कुन धर्मको पुस्तक जलाएको थियो?

त्यसमा अप्सन दिएको थियो, विष्णु पुराण, भागवत गीता, ऋगवेद र मनुस्मृति।

यसको जबाफ उनीहरुले मनुस्मृति दिएका थिए। त्यसपछि अमिताभले दर्शकलाई भनेका थिए, डा.अम्बेडकरले मनुस्मृतिको निन्दा गरेका थिए। त्यसैले मनुस्मृतिको कपि जलाएको थियो।

यसको सामाजिक सञ्जालमा पनि हिन्दुधर्मालम्बीले विरोध गरेका छन्। लखउनका कट्टर हिन्दुधर्मालम्बीले अमिताभविरुद्ध प्रहरीमा उजुरी दिएका हुन्।

प्रकाशित मिति: १९:१८ बजे, मंगलबार, कात्तिक १८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्