Kathmandu Press

मोटाको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, दुई बालिका घाइते

जनकपुर, कात्तिक १८ : माटोको ढिस्कोले पुरिएर धनुषाको बटेश्वर गाउँपालिका ४ मा एक युवतीको मृत्यु भएको छ भने दुई घाइते भएका छन्।प्रहरी चौकी...
मोटाको ढिस्कोले पुरिएर एक युवतीको मृत्यु, दुई बालिका घाइते

जनकपुर, कात्तिक १८ : माटोको ढिस्कोले पुरिएर धनुषाको बटेश्वर गाउँपालिका ४ मा एक युवतीको मृत्यु भएको छ भने दुई बालिका घाइते भएका छन्।

प्रहरी चौकी बटेश्वरका अनुसार आज बिहान माटोको ढिस्कोमा परी ३५ वर्षीय सुनितादेवी रविदाको मृत्यु भएको हो। त्यस्तै, १४ वर्षीया मधुकुमारी ठाकुर र १५ वर्षीया रिनादेवी ठाकुर घाइते भएका छन्।

उनीहरु गम्भीर घाइते रहेको प्रहरीले जनाएको छ। दुवै जनाको प्रादेशिक अस्पाल जनकपुरमा उपचार भइरहेको छ।

दीपावलीका लागि घर लिपपोत गर्नका खेतमा माटो लिने क्रममा ढिस्को खस्दा च्यापिएर सुनिताको मृत्यु भएको स्थानीय बासिन्दाले बताएका छन्।

ढिस्को खसेको थाहा पाएपछि स्थानीय बासिन्दा उद्धारमा खटिएका थिए। सुनिताको शव निकालिएको थियो भन्ने दुई जनालाई जीवितै उद्धार गरिएको हो।

प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, कात्तिक १८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्