वीरगन्जमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
वीरगन्ज, कात्तिक १८ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको उपचारका...
वीरगन्ज, कात्तिक १८ : कोरोना भाइरसको संक्रमणबाट पर्साको वीरगन्जमा थप एक जनाको मृत्यु भएको छ।
पर्साको धोबिनी गाउँपालिका ४ का ५० वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको वीरगन्जस्थित नारायाणी अस्पतालले जनाएको छ। उच्च ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सोमबार अपराह्न २ बजे अस्पताल भर्ना गरिएको थियो।
उनको उपचारका क्रममा सोमबार साँझ मृत्यु भएको अस्पतालका प्रवक्ता डा. अतुलेशकुमार चौरसियाले बताए। मृत्युपछि उनको स्वाब संकलन गरेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको डा. चौरसियाले बताए।
योसँगै पर्सामा कोरोनाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १६:५१ बजे, मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











