कोरोना संक्रमणबाट बाँकेमा वडा सदस्यको मृत्यु
बाँके, कात्तिक १७ : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका-२ की वडा सदस्य ६७ वर्षीया वडा सदस्य...
बाँके, कात्तिक १७ : बाँकेमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।
कोरोना संक्रमणबाट नेपालगञ्ज उपमहानगरपालिका-२ की वडा सदस्य ६७ वर्षीया वडा सदस्य शान्ति परियारको सोमबार भेरी अस्पतालमा मृत्यु भएको हो।
नेपालगन्जको घरबारी टोल निवासी परियारलाई कात्तिक ३ गते कोरोना पुष्टि भएको थियो। उनी कात्तिक ४ गते अस्पताल भर्ना भएका थिए। विभिन्न विधिवाट उपचार गर्दासमेत उनलाई बचाउन नसकिएको स्रोत व्यक्ति नरेश श्रेष्ठले बताए।
योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।
प्रकाशित मिति: ०१:१२ बजे, मंगलबार, कात्तिक १८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











