Kathmandu Press

साेमबार ओरोलो लाग्यो नेप्से

काठमाडौं, कात्तिक १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले...
साेमबार ओरोलो लाग्यो नेप्से

काठमाडौं, कात्तिक १७ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। आइतबार पनि ओरालो लागेको नेप्से ३.३३ बिन्दुले ओरालो लागेर एक हजार ६३७.६३ मा पुगेको छ। यस्तै सेन्सेटिभ परिसूचक १.१७ ले ओरालो लागेर ३२५.४६ मा पुगेको छ। कूल १९७ कम्पनीको ६९ लाख ३७ हजार ४५४ कित्ता शेयर दुई अर्ब ४५ करोड ३९ लाख ५४ हजार ६८८ रुपैयाँ मूल्यमा खरिद बिक्री भए।

आज कारोबार भएका कूल १२ उपसमूहमध्ये चार उपसमूहको शेयर भने ओरालो लागेको छ भने आठ उपसमूहको शेयर भने उकालो लागेको छ। बैंकिङ ११.६२, विकास बैंक ०.३, अन्य ३.२९ र जीवन बीमा ९.४ बिन्दुले ओरालो लागेको छ। व्यापार ३४.५२, होटल ९.३३, जलविद्युत् ०.५४, वित्त ३.९४, निर्जीवन बीमा २५.२५, उत्पादन ३.८८, लघुवित्त ६२.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले उकालो लागेको छ।

कारोवारका आधारमा आज प्राइम बैंक शीर्ष स्थानमा रहेको छ। सो बैंकको १२ करोड ४० लाख ९७ हजार ७१८ रुपैयाँ बराबरको कारोवार भयो। यस्तै नेपाल बैंक आठ करोड १६ लाख ९३ हजार २०५ रुपैयाँ, एचाआइडिसिएल आठ करोड ८२ लाख ५३७ रुपैयाँ, प्रभु बैंक सात करोड ५९ लाख ५७ हजार ९९७ रुपैयाँ, ग्लोबल आइएमइ बैंक ६ करोड ८४ लाख ३९ हजार ३०१ रुपैयाँ, फष्ट माइक्रोफाइनान्स ६ करोड ७८ लाख आठ हजार ४४९ रुपैयाँ र डिप्रोक्स लघुवित्त ६ करोड ७६ लाख ११ हजार ४४७ रुपैयाँ मूल्य बराबरको कारोबार भई शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा विशाल बजार कम्पनी ९.९७, सारथी नेपाल लघुवित्त वित्तीय संस्था ९.९५, गुराँस लघुवित्त ९.९४, शिव श्री हाइड्रोपावर ९.६६, सामुदायिक लघुवित्त वित्तीय संस्था ७.४८, समिट लघुवित्त वित्तीय संस्था ७.३९ र नेपाल फाइनान्सका लगानीकर्ताले ७.२७ प्रतिशतले कमाएका छन्। 

यस्तै जनरल इन्स्योरेन्स कम्पनी ३.१४, सिटिजन बैंक २.११, ग्लोबल आइएमई बैंक २.०२, बरुण हाइड्रोपावर २.०२, सप्तकोशी डेभलपमेन्ट बैंक १.७६, सिनर्जी पावर १.७२ र नेरुडे लघुवित्त विकास बैंकका लगानीकर्ताले १.७० प्रतिशतले गुमाए। 

प्रकाशित मिति: २३:११ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्