Kathmandu Press

गोरखाका सीडीओ भट्टराईलाई कोरोना संक्रमण

गोरखा, कात्तिक १७ : गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार आएको स्वाब परीक्षणको रिपोर्टमा सीडीओ भट्टराईलाई...
गोरखाका सीडीओ भट्टराईलाई कोरोना संक्रमण

गोरखा, कात्तिक १७ : गोरखाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) तीर्थराज भट्टराईलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार आएको स्वाब परीक्षणको रिपोर्टमा सीडीओ भट्टराईलाई कोरोना पुष्टि भएको हो। उनीसँगै स्वाब परीक्षण गराएकी उनकी पत्नीलाई पनि कोरोना पुष्टि भएको छ। 

रुघाखोकी लाग्ने र टाउँको दुख्ने लक्ष्ण देखिएपछि सीडीओ भट्टराई र उनकी पत्नीले कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। कात्तिक १४ गते स्वाब संकलन गरेर परीक्षणका लागि पोखरा पठाइएकोमा सोमबार रिपोर्ट आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिए। 

कोरोना पुष्टि भएपछि सीडीओ भट्टराई होम आइसोलेसनमा बसेका छन्। यस्तै, सोमबार नै गोरखा नगरपालिकाका १२ जनामा कोरोना पुष्टि भएको छ।
 

प्रकाशित मिति: २१:०४ बजे, सोमबार, कात्तिक १७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्