Kathmandu Press

भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर सार्न स्थानीयको माग

भक्तपुर, कात्तिक १७ : भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योगहरू स्थानान्तरण...
भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर सार्न स्थानीयको माग

भक्तपुर, कात्तिक १७ : भक्तपुर नगरपालिका–२ स्थित भक्तपुर औद्योगिक क्षेत्रलाई उपत्यका बाहिर सार्न भक्तपुरका स्थानीय बासिन्दाले माग गरेका छन्।

औद्याेगिक क्षेत्रभित्र रहेका मानव स्वास्थ्यमा हानि हुने गरी ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योगहरू तत्काल स्थानान्तरण गर्नुपर्ने उनीहरुकाे माग छ। उनीहरुले औद्याेगिक क्षेत्रले सांस्कृतिक सम्पदामा असर परेकाले उपत्यका बाहिर सार्न उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडसँग आग्रह गरेका हुन् ।

सरोकारवालाले स्वेटर बुन्ने नेपो इन्डस्ट्रिजमा ध्वनि र धुँवा प्रदूषण फैलाउने स्वचालित टेक्सटाइल मेसिन सञ्चालन गरिएको, स्वीकृतिबिना भदौ २० र २१ गते थप टेक्सटाइल मेसिन ल्याई सञ्चालन गरी सरकारको राजस्वसमेत चुहावट भएको जनाएका छन्। उनीहरुले तत्काल ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योग स्थानान्तरण गर्न राज्यमन्त्री दुगडसँग आग्रह गरेका हुन्।

सोमबार राज्यमन्त्री दुगड, सांसद प्रेम सुवाल, भक्तपुर नगरपालिका मेयर सुनिल प्रजापति, वडाध्यक्ष हरिप्रसाद बासुकला, ध्वनि र धुँवा पीडित नागरिक, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड मुख्य कार्यालयका प्रतिनिधि, उद्योगीहरूका प्रतिनिधिबीच उद्योग स्थानान्तरणबारे छलफल भएको छ। छलफलमा सहभागीले नेपाल सरकारको आ.व. २०७३÷७४ को प्रतिबद्धताअनुसार भक्तपुर औद्योगिक क्षेत्र काठमाडौँ उपत्यका बाहिर स्थानान्तरण गर्न समेत आग्रह गरेका छन्।

छलफलमा उद्योगराज्यमन्त्री दुगडले भक्तपुर औद्योगिक क्षेत्रभित्रका ध्वनि र धुँवा प्रदूषण पैmलाउने उद्योग स्थानान्तरण गर्ने विषयमा सम्बन्धित सरोकारवालाहरू समावेश एउटा समिति बनाई समस्या समाधान गर्ने र आफूले पनि सो उद्योग निरीक्षण गर्ने बताए।

साथै औद्योगिक क्षेत्रका ध्वनि र धुँवा प्रदूषण फैलाउने उद्योगको कारण सांस्कृतिक र ऐतिहासिक महत्वका भक्तपुरको कला र सम्पदामाथि आँच आउने कुनै पनि गतिविधि हुन नदिने उनको भनाइ छ ।

 

प्रकाशित मिति: १९:१३ बजे, सोमबार, कात्तिक १७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्