बागमती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त
काठमाडौं, कात्तिक १६ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत पौडेल आइतबार...
काठमाडौं, कात्तिक १६ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएर डिस्चार्ज भएका छन्। काठमाडौंको बाँसबारीस्थित गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रमा उपचाररत पौडेल आइतबार दिउँसो डिस्चार्ज भएका हुन्।
६ कार्तिकमा कोरोना पुष्टिपछि काठमाडौंस्थित निवारण केन्द्रमा मुख्यमन्त्री पौडेल उपचाररत थिए ।
धुलिखेलस्थित प्रादेशीक जनस्वास्थ्य प्रयोगशालामा पछिल्लो पटक गरिएको परीक्षण रिपोर्ट नेगेटिभ आएपछि उनी डिस्चार्ज भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ।
मुख्यमन्त्री पौडेल कोरोनामुक्त भएपनि उनको पत्नीको रिपोर्ट पोजेटिभ नै आएपनि उनीहरु दुबैजना भैंसेपाटीस्थित सरकारी निवासमा आइसोलेसनमा बसिरहेका छन्।
प्रकाशित मिति: २३:१४ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











