Kathmandu Press

नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

नेपाली र अंग्रेजी भाषामा एकरुपता गर्न निर्देशन

काठमाडौं, कात्तिक १६ : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ स्थानीय तहलाई नेपाली र अंग्रेजी भाषामा नेपालको औपचारिक नाममा एकरुपता गर्न निर्देशन दिएको छ। मन्त्रालयले सबै स्थानीय तहलाई मन्त्रिपरिषद् बैठकले परिमार्जन गरेका नेपालको संविधानको अंग्रेजी अनुवादमा प्रयोग भएका शब्दलाई मात्र प्रयोग गर्न निर्देशन दिएको मन्त्रालयका शाखा अधिकृत शेखरनिधि पौडेलले जानकारी दिए।

मन्त्रिपरिषद् बैठकले विभिन्न कूटनीतिक नियोगलाई नेपालको नाम पनि नेपालीमा नेपाल र अंग्रेजीमा नेपाल  प्रयोग गर्न निर्णय गरेको छ। नियोगले नेपालको  औपचारिक नाम संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल र अंग्रेजीमा  Federal Democratic Republic Of Nepal प्रयोग गर्दै आइरहेका थिए। मन्त्रिपरिषद्ले १७ वटा विभिन्न शब्दलाई एकरुपता प्रदान गरेको छ । State को सट्टा  Province,  Village Body को सट्टा Rural Municipality प्रयोग गर्न भनिएको छ। 

प्रकाशित मिति: २१:३५ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्