सिमीकोट विमानस्थलमा पुनः कालोपत्रे
सिमीकोट, कात्तिक १६ : हुम्लाको सिमीकोट विमानस्थलमा पुनः कालोपत्रे गर्न थालिएको छ। असोज १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्न थालिएको हो।सिमीकोट विमानस्थल...
सिमीकोट, कात्तिक १६ : हुम्लाको सिमीकोट विमानस्थलमा पुनः कालोपत्रे गर्न थालिएको छ। असोज १५ गतेबाट विमानस्थलको रनवे क्षेत्रमा कालोपत्र गर्न थालिएको हो।
सिमीकोट विमानस्थल ६ सय ५० मिटर लम्बाइ, २० मिटर चौडाइ रहेको छ। एप्रोन तथा पार्किङ १०० मिटर, हेलिप्याड ४० मिटर रहेको छ।
विमानस्थलको रनवे, एप्रोन अर्थात् जहाज पार्किङ, हेलिप्याडलगायतका सबै क्षेत्रमा कालोपत्रे गरिन लागेको जनाएको छ।
रनवेको करिब ४०० मिटर भागमा कालोपत्रे कार्य सकिएको र बाँकी रहेको भाग १५ दिनभित्र गरिसक्ने विमानस्थलका इञ्जीनियर अजयकुमार गुप्ताले बताए। विमानस्थलको रनवे क्षेत्रको भागमा कालोपत्रे गर्ने कार्य सकिएपछि हेलिप्याड, एप्रोन तथा पार्किङ भागमा पनि गरिने उनले बताए।
विमानस्थललाई दुई वर्ष अघि पनि कालोपत्रे गरिएको थियो। तर, रनवे केही भागमा कालोपत्रे उप्किएकाले पुनः कालोपत्रे गरिन थालेको हो।
प्रत्येक दिन बिहान ६ देखि १० बजेसम्म हजाईजहाज उडान भर्ने भएका कारण १० देखि बेलुका ६ बजेसम्म कामदारले कालोपत्ेर गर्ने काम धमाधम गरिरहेको उनले बताए। निर्धारित समयमा विमानस्थलको पिचिङ कार्य सम्पन्न गर्न निर्माण कम्पनीले आवश्यक सामग्री तयारी अवस्थामा पारेपछि कामले गति लिएको हो।
अलकत्राको काम गर्नका लागि तराईबाट कामदार ल्याएर विमानस्थलको पिचिङ गर्ने कार्य धमाधम भइरहेको निर्माण कम्पनी क्याराभान, गाल्भा जेभीका स्थानीय प्रतिनिधि विजय लामाले बताए। कामले दशैँ अवधिमा पनि निरन्तरता पाएको थियो।
यसअघि नेपालगञ्जबाट हवाईजहाजमा अलकत्राका लागि आवश्यक सामग्री ढुवानी गरेर ल्याइएको र अन्य सामान स्थानीयरूपमै तयार गरिएको थियो । विमानस्थलकै एक छेउमा अलकत्रा बनाउने कार्य पनि बिहानैबाट हुने गरेको छ। विमानस्थल कालोपत्ेरका लागि नौ करोड ९७ लाख बराबरको लगानीमा निर्माण भइरहेको छ।










-1754206481.jpg)
