शिवसेना नेतामाथि फेरि कंगना रनौटको निशाना

काठमाडौं, कात्तिक १६ : बलिउड अभिनेत्री कंगना रनौटले आफ्नो विरोधीमाथि निशाना लगाउन छोडेकी छैनन्। उनले फेरि शिवसेना नेता संजय राउतमाथि निशाना लगाएकी छन्।
हिमाचलमा फिल्म 'भूत पुलिस'को छायांकन गरिरहेकी कंगनाले संजय राउतलाई निशाना लगाउँदै आज ट्वीट गरेकी छन्। उनले ट्वीटमा भनेकी छन्, 'यस समय हिमाचलमा मुम्बईका कयौं फिल्म युनिट काम गरिरहेका छन्। यो देवभूमि सबै भारतीय नागरिकको हो। यो राज्यमा काम गरेर कोही पैसा कमाउँछ भने उसलाई हरामखोर वा नमकहराम भनिदैन। यदि कसैले यस्तो भन्यो भने उसको विरोध गर्नेछु, बलिउड जसरी चुपचाप रहनेछैन।'
केही महिना अघि सुशान्तसिंह राजपूतको मृत्युको छानबिन गरिरहेको मुम्बई प्रहरीको कंगनाले आलोचना गरेकी थिइन। यसँगै संजय राउतले मुम्बई नआउन धम्की दिएको आरोप लगाएकी थिइन। त्यसपछि उनले मुम्बईलाई पाकिस्तान शासित काश्मीरसँग तुलना गरेकी थिइन्।
त्यसपछि संजय राउतले कंगनालाई 'हरामखोर' भनेका थिए। सबैतिरबाट आलोचना भएपछि उनले 'हरामखोर'को मतलब 'नटी केटी' भनेर जोगिन खोजेका थिए। त्यसैको बद्लामा कंगनाले आज ट्वीट गरेर संजय राउतलाई जबाफ दिएकी हुन्।
अहिले उनी फिल्म 'भूत पुलिस'को छायांकनमा व्यस्त छिन्। यो फिल्म पवन कृपलानीले निर्देशन गरिरहेका छन्।
यसमा कंगनासँगै सैफ अलि खान, अर्जुन कपूर, जैकलिन फर्नाडिज, यामी गौतमको पनि अभिनय रहेको छ। यसको रमेश तौरानीले र अक्षय रायले निर्माण गरिरहेका छन्।









-1783580717.jpeg)
