Kathmandu Press

ललितपुरमा आठ हजार कोरोना संक्रमित

ललितपुर, कात्तिक १६ : ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा बढी नाघेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्इा...
ललितपुरमा आठ हजार कोरोना संक्रमित

ललितपुर, कात्तिक १६ : ललितपुरमा कोरोना संक्रमितको संख्या आठ हजारभन्दा बढी नाघेको छ। जिल्ला जनस्वास्थ्य कार्यालय ललितपुरका अनुसार, जिल्लामा हालसम्म कोभिड संक्रमितको संख्या आठ हजार ४६३ पुगेको हो। त्यसैगरी, अहिलेसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ७७ पुगेको छ।

यसैगरी, जिल्लामा निको भई डिस्चार्ज हुनेको संख्या पाँच हजार ९७६ पुगेको छ भने सक्रिय संक्रमितको संख्या दुई हजार ४१० पुगेको स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा खगेश्वर गेलालले बताए।

उनले भने, ‘मुलुकमा दिनानुदिन संक्रमितको संख्या बढ्दै गएसँगै कन्ट्याक टे«सिङलाई सबै जनतामाझ सहज बनाउन प्रदेश सरकार र सामाजिक विकास मन्त्रालयसँग हामीले छलफल अघि बढाएका छौँ।’ ललितपुरमा २० देखि ४० वर्ष उमेर समूहका केही संक्रमित, ४० देखि ६० वर्ष उमेरका अलि बढी संक्रमित र ६० वर्ष उमेर माथिका धेरै संक्रमितको संख्या रहनुसँगै मृत्यु हुनेमा पनि ६० वर्ष उमेर समूह माथिकै मानिसको सङ्ख्या बढिरहेको गेलालको भनाइ छ। 

कूल संक्रमितमा ७० देखि ८० प्रतिशत मानिस दीर्घ रोगका बिरामी रहेका गेलालले जानकारी दिए। ‘संक्रमितको अवस्थालाई मध्यनजर गरेर ललितपुरभर ३० देखि ३५ एम्बुलेन्स चालू अवस्थामा रहेका छन्,’उनले भने, ‘जिल्लाभर संक्रमित बढेसँगै लक्षण चिह्न भएका बिरामी देखिन थालेमा अक्सिजन र श्ययाको भने अभाव हुनेछ।' 

प्रकाशित मिति: १८:१८ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्