कोरोना संक्रमणको कारण कास्कीमा थप एकको मृत्यु
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणको कारण कास्कीमा थप एक पुरुषको मृत्यु भएको छ। अन्नपूर्ण गाउँलिका ३ का ४७ वर्षीय पुरुषको शनिबार राति...
काठमाडौं, कात्तिक १६ : कोरोना संक्रमणको कारण कास्कीमा थप एक पुरुषको मृत्यु भएको छ। अन्नपूर्ण गाउँलिका ३ का ४७ वर्षीय पुरुषको शनिबार राति मृत्यु भएको हो।
कात्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएका उनको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उपचार भइरहेको थियो।
योसहित प्रतिष्ठानमा कोरोना संक्रमणको कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ।
प्रकाशित मिति: १७:५४ बजे, आइतबार, कात्तिक १६, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











