Kathmandu Press

मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर बनाइँदै

काठमाडौं, कात्तिक १६ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी राजमार्गमा १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्।विश्व शहरीकरण दिवसका सन्दर्भमा...
मध्यपहाडी लोकमार्गमा १० आधुनिक शहर बनाइँदै

काठमाडौं, कात्तिक १६ : शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले मध्यपहाडी राजमार्गमा १० आधुनिक शहर निर्माणको कामलाई तीव्रता दिइएको बताएका छन्।

विश्व शहरीकरण दिवसका सन्दर्भमा आज पत्रकारसँग कुराकानी गर्दै राज्यमन्त्री मानन्धरले पुष्पलाल (मध्यपहाडी) लोकमार्गअन्तर्गत विभिन्न १० स्थानमा बन्न लागेको पूर्वाधारसहितको आधुनिक र व्यवस्थित शहरीकरण जनताको समृद्धिको सपनासँग जोडिएको विषय भएकाले प्राथमिकता दिएको बताए।

राजधानी उपत्यकालाई आधुनिक शहरीकरणसँगै संस्कृति र सभ्यताको सुन्दर बहर बनाउन मन्त्रालयले गुरुयोजना बनाएको उनको भनाइ थियो। नदी किनार भएर करिडोर निर्माणलाई पनि गति दिइने उनले बताए।

सुन्दर शहरका लागि फोहर व्यवस्थापन पहिलो शर्त भएको बताउँदै उनले पचासौँ वर्षका लागि योजनासहित बञ्चरेडाँडामा ल्याण्डफिल्ड सञ्चालनमा आउन लागेको बताए।

प्रकाशित मिति: १६:४८ बजे, आइतबार, कात्तिक १६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्