Kathmandu Press

प्रतीक्षालयमा भेटियो बृद्धाको शव

धनगढी, कात्तिक १६ : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ।इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले...
प्रतीक्षालयमा भेटियो बृद्धाको शव

धनगढी, कात्तिक १६ : कैलालीको गोदावरी नगरपालिका–२ अत्तरियामा रहेको प्रतीक्षालयमा वेवारिसे शव भेटिएको छ।

इलाका प्रहरी कार्यालय, मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत चौधरीले शनिबार साँझ प्रतीक्षालयमा बेवारिसे शव भेटिएको बताए। अन्दाजी ६० वर्षीया बृद्धाको शव भेटिएपनि पहिचान नखुलेको उनले बताए।

शव पोस्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा लगिएको छ। यसमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए।

प्रकाशित मिति: १६:२९ बजे, आइतबार, कात्तिक १६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्