Kathmandu Press

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयरपुर, कात्तिक १५ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको...
उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयरपुर, कात्तिक १५ : उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–२ खैजनपुरमा धानमा पानी लगाउनको लागि मोटर सञ्चालन गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार यसरी करेन्ट लागेर त्रियुगा नगरपालिका–२ खैजनपुरकी ३८ वर्षीया रीता बुढाथोकीको मृत्यु भएको हो। शुक्रबार बेलुकी धानखेतमा पानी लगाउन मोटर चलाउँदा करेन्ट लागेको थियो।

करेन्ट लागेर बेहोस भई भुइँमा ढेलकी बुढाथोकीलाई उपचारका लागि जिल्ला अस्पतालमा लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताए।

करेन्टले शरीरका भित्री र बाहिर अङ्ग जलेर कालो भएका थिए। मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:०९ बजे, शनिबार, कात्तिक १५, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्