डिजेल बोकेको ट्रयाक्टर दुर्घटना, सहचालकको मृत्यु
जाजरकोट, कात्तिक १५ : डिजेल बोकेको ट्रयाक्टर आजा बिहान जाजरकोटको छेडागाड गाउँपालिकामा दुर्घटना भएको छ। दुर्घटनामा सहचालकको मृत्यु भएको छ।सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६ ...
जाजरकोट, कात्तिक १५ : जाजरकोटको छेडागाड गाउँपालिकामा आज बिहान डिजेल बोकेको ट्रयाक्टर दुर्घटना भएको छ। दुर्घटनामा सहचालकको मृत्यु भएको छ।
सल्यानको सल्लीबजारबाट कुशे गाउँपालिका–६ जाँदै गरेको भे १ त ८३१४ ट्रयाक्टर दुर्घटना भएको हो। छेडागाड नगरपालिका–१० धारामा दुर्घटना हुँदा कुशे गाउँपालिका–६ का २४ वर्षीय सहचालक रामबहादुर सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ट्रयाक्टर डिजेल बोकेर कुशे गाउँपालिकातिर गएको थियो। जाजरकोटमा पेट्रोलियम पर्दाथको डिपो नहुँदा सल्लीबजारबाट ट्रयाक्टरमै तेल ढुवानी हुने गरेको छ।
प्रकाशित मिति: १६:१२ बजे, शनिबार, कात्तिक १५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











