Kathmandu Press

अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

सिलगढी, कात्तिक १२ : डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ।अरिङ्गालको टोकाइबाट छपालीका भीमबहादुर रोकायाकी छोरी पाँच...
अरिङ्गालको टोकाइबाट दुई बालिकाको मृत्यु

सिलगढी, कात्तिक १२ : डोटीको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ।

अरिङ्गालको टोकाइबाट छपालीका भीमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तीन वर्षीया सृजना रोकायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

घर नजिकैको रुखमा बसेको अरिङगालले टोकेर उनीहरु गम्भीर घाइते भएका थिए। दुवै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्य संस्थामा लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले बताए।

प्रकाशित मिति: १८:५६ बजे, बुधबार, कात्तिक १२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्