दुई लाख रुपैयाँसहित जुवा खेल्ने पाँच जना पक्राउ
धनगढी, कात्तिक १२ : कैलालीको गौरीगंगामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ।गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा जुवा खेलिरहेको...
धनगढी, कात्तिक १२ : कैलालीको गौरीगंगामा जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको छ।
गौरीगंगा नगरपालिका ६ स्थित कृष्णबहादुर खड्काको कुखुरा फर्ममा जुवा खेलिरहेको सूचना पाएपछि गएको प्रहरी टोलीले दुई लाख २३ हजार पाँच सय रुपैयाँसहित पाँच जनालाई पक्राउ गरेको हो। सूचनाका आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयको टोली खटिएको थियो।
पक्राउ पर्नेमा गौरीगंगा नगरपालिका ६ का ६० वर्षीय भक्तबहादुर शाही, ५२ वर्षीय वीरबहादुर साउँद, ४५ वर्षीय डम्मर शाही, ४२ वर्षीय रामबहादुर साउँद र ३६ वर्षीय रंग साउँद रहेका छन्। उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रकाशित मिति: १७:०९ बजे, बुधबार, कात्तिक १२, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![चाडबाड नजिकिँदै गर्दा ग्यास अभावले सर्वसाधारण सास्तीमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-20_33a92de7-1791791722.jpg)
-1791786422.jpg)
